आगामी आर्थिक वर्षको बजेट १९ खर्बभित्र रहने

मंगलबार फागुन ६, २०८१/ Tuesday 02-18-25
Paschim Today

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२र०८३ मा १९ खर्ब हारहारीको बजेट निर्माण हुने भएको छ । राष्ट्रिय योजना आयोगले आगामी वर्षको बजेट १९ खर्ब भित्र रहेर बनाउन अर्थ मन्त्रालयलाई सुझाव दिएको छ ।

मंगलबार आयोगले आगामी वर्ष राष्ट्रिय स्रोतको प्रारम्भिक अनुमान तथा खर्च सीमा निर्धारणसम्बन्धी प्रतिवेदन २०८१ मन्त्रालयलाई बुझाएको छ । सोही प्रतिवेदनमा बजेटको अधिकतम सीमा १९ खर्ब हुनुपर्ने उल्लेख गरिएको छ ।

चालू आर्थिक वर्ष २०८१र०८२ का लागि १८ खर्ब ६० अर्बको बजेट घोषणा गरिएको थियो । तर, बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार १६ खर्ब ९२ अर्बमा झारिएको थियो । तत्कालीन अर्थमन्त्री वर्षमान पुनले घोषणा गरेको बजेटमा वर्षमान मन्त्री विष्णु पौडेलले कैची चलाएका हुन् ।