दसगजामा चोयाको मैत्री पुल 

मंगलबार भदौ ३, २०७६/ Tuesday 08-20-19
Paschim Today

राजविराज, भदौ ३ गते । पुल तर्न पैसा तिर्नुपर्ने पर्छ भन्ने सुन्दा जोसुकैलाई आश्चर्य लाग्न सक्छ । तर, यो बास्विकता नै हो । नेपाल भारत सीमाको दशगजा क्षेत्रमा पुल तर्न पैसा तिर्नु परेको छ । झण्डै दुई दशकदेखि दुबै देशका नागरिकले पैसा तिरेर पुल तर्दै आएका छन् । 
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ बेल्ही स्थित दशगजा क्षेत्रमा रहेको बाँसको चचरी९चोया० पुल तर्न पैसा तिर्दै आएका हुन । यस स्थानमा अहिलेसम्म अस्थायी÷स्थायी पुल बनेको छैन । सप्तरी जिल्लालाई भारतीय बजारसँग जोडने मुख्य नाकाको रुपमा रहेको भारत बिहारको सुपौल जिल्लाको कुनौली सीमावर्ती नेपालीको पनि मुख्य बजार हो । 
दशगजा क्षेत्रमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ बेलही निवासी चन्नु रायले सो चचरीको पुल बनाईदिएपछि बाटो सहज बनेको हो । वर्षपिच्छे चचरी पुल टुटफुट हुने हुँदा मर्मत संभार, रेखदेख पनि उनले नै गर्दै आएका छन् ।
सुख्खा भन्दा बाढी आएको बेला वारपार गर्न सो पुल बाहेक अन्य कुनै विकल्प नरहेको स्थानीय विजय यादवले बताए। चचरी पुल नहुँदाताका बाढीमा तर्न डुङ्गा सञ्चालन भइरहेको बायोबृद्ध कुनौलीका श्याम सोनीले भन्नुभयो, करिब २५ वर्ष अगाडि डुङ्गामा चार आना÷आठ आना ९२५ पैसा÷५० पैसा० तिरेर नेपाल जान्थे । एक पटकमा १५÷२० जना डुङ्गामा चढ्थे । पछि डुङ्गा चल्न छोड्दा बाढी आउँदा आवतजावत बन्द नै हुन्थ्यो । वा बाढीमा पौडेर पारी जान्थे ।
डुङ्गा सञ्चालन बन्द भएपछि चन्नुले १५÷२० वर्षदेखि अहिलेसम्म चचरी पुललाई निरन्तरता दिदै आएको छ । सामान्य बाढीमा चचरी पुल सहज भए पनि ठूलो बाढी आउँदा चचरी पुलबाट पनि आवतजावत बन्द हुँदा दुबै देशका नागरिक मारमा पर्ने गर्छन् । राजविराजदेखि १० किलोमिटर दक्षिण स्थित दशगजाको बीच भागमा बनाइएको चचरी पुलको दुबै तिर पानीको बहाव रहने गरेकोले खाँडो नदीमा बाढी आएको बेला समस्या हुने गरेको बताइएको छ । 
भारतीय सीमालाई छोएर पुल बनाउन नमिल्ने हुँदा बीच भागमै चचरी पुल बनाइएको चन्नु रायले बताए । करिब छ महिनासम्म खाँडो नदीमा पानी बग्ने गर्छ । सुख्खायाममा पुलमुनि तथा अन्य तिरबाट जाने बाटो सहज हुने हुँदा त्यतिबेला पुलको बाटो न्यून संख्यामा प्रयोग हुने गरेको बताइएको छ । 
पुल तरे वापत पैसा लिने रहर नभएर पुलको लागत खर्च, मर्मतमा लाग्ने खर्चका लागि आवतजावत साइकल, मोटरसाइकलसँगै रु। पाँच–दश लिने गरिएको उनले बताए। सोही रकमबाट आफुलाई थोरबहुत आम्दानी हुनुकोसाथै पुलको मर्मत सम्भारमा खर्च गर्ने गरेको रायले बताउनुभयो । ढाट तेर्साइ पुलमा बसेर पैसा लिने गरिएको छ । 
कुनौली बजारबाट सप्तरीसहित छिमेकी सिरहा, उदयुपर जिल्लाका व्यापारी, सर्वसाधारणले खरिदबिक्री गर्दै आएका छन । दुबै मुलुकका वासिन्दाबीच रहेको मित्रता, सद्भाव, एवं पारिवारिक सम्बन्ध, विवाह, ब्रतबन्ध लगायतका कार्यका लागि प्रयोग हुने मुख्य नाका यहि नै हो । यसको छेउमा राजविराज भन्सार कार्यालय रहेकोले व्यापार व्यवसायी यसै नाकाबाट हुने गरेको छ ।
यता समाजवादी पार्टीका अध्यक्ष, उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव निर्वाचित भएको क्षेत्र पनि यहि हो । उहाँले निर्वाचनताका दुवै मुलुकलाई जोड्ने ठोस मैत्री पुल निर्माणको लागि प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । चुनावी प्रचारप्रसारको क्रममा त्यहाँ पुग्दा स्थानीयसँग यस्तो प्रतिवद्धता व्यक्त गरेको बेलहीबासिन्दाले बताएका छन् । तर, अहिलेसम्म अध्यक्ष यादवले मैत्री पुल निर्माण गर्नेतर्फ कुनै चासो नदेखाएको उनीहरूको कथन छ ।