Close This

मिलेर अघि बढ्न प्रचण्डलाई ओलीको आग्रह

बिहीबार मङ्सिर ८, २०७९/ Thursday 11-24-22
Paschim Today

काठमाडौँ,८ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम धमाधम आइरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन सम्पर्क गरेका छन् ।

बिहीबार एमाले अध्यक्ष ओलीले माओवादी अध्यक्ष टेलिफोन गर्दै आगामी राजनीतिक कार्यदिशाको विषयमा छलफल गरेका छन् । दुई दलका अध्यक्षबीच आगामी राजनीतिक कार्यदिशाबारे कुराकानी भएको जनाइएको छ ।

टेलिफोन वार्ताका क्रममा दुई अध्यक्षले निर्वाचनमा विजयी भएकोमा एक अर्कालाई बधाई एवम् शुभकामना समेत दिएका छन् । टेलिफोन वार्ताका क्रममा ओलीले प्रचण्डलाई मिलेर अघि बढ्न प्रस्ताव गरेका थिए । यसबारे प्रचण्डले ओलीलाई सीधा जवाफ भने नदिएको बुझिएको छ ।

नेकपा विभाजनपछि ओली र प्रचण्डबीचको सम्बन्ध चिसिएको छ । चुनावअघि दुबै नेताले एकअर्काप्रति निकै आलोचनात्मक टिप्पणी गरेका थिए ।