चुनावमा मत कम आएको विषयमा विवाद : कांग्रेस कार्यकर्ताको हत्या, दुई जना पक्राउ

मंगलबार मङ्सिर १३, २०७९/ Tuesday 11-29-22
Paschim Today

सिरहा, १३ मंसिर । कांग्रेस कार्यकर्ता राम शंकर यादवको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय अजयकुमार साह र दिपेन्द्रकुमार यादवले रहेका छन् । सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर १ बडहरी टोल स्थित नरगी बडहरी सडक खण्डमा अघिल्लो शुक्रबार सोही ठाउँका ३२ वर्षीय यादवको हत्या गरिएको थियो ।

प्रारम्भिक अनुसन्धानमा स्थानीय साह र यादवले रामशंकरलाई कर्तव्य गरी हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीका अनुसार चुनावमा मत कम आएको विषयमा उनीहरुबीच विवाद हुँदा घटना भएको थियो । कर्तव्य ज्यान मुद्दा शीर्षकमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।