Close This

बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

मंगलबार मङ्सिर १३, २०७९/ Tuesday 11-29-22
Paschim Today

काठमाडौं, १३ मंसिर । काठमाडौंको टोखा नगरपालिका–६ ग्रिनल्याण्डमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किंदा चालकको मृत्यु भएको छ । दुर्घटनामा नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ का २६ वर्षीय सविन कँडेलको मृत्यु भएको हो ।
प्रहरीका अनुसार गएराति बा. ७४ प. ५७५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो । चालक कँडेलको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २२ वर्षीय सन्देश कार्की घाइते भएका छन । उनको टोखास्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।