Close This

देशभर नै नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध

मंगलबार माघ ३, २०७९/ Tuesday 01-17-23
Paschim Today

काठमाडौँ,३ माघ । देशभर नै नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ । कम्पनीको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन मंगलबार मध्यान्ह १२ बजेदेखि अवरुद्ध भएको हो ।

उपभोक्ताहरुले टिपाएको गुनासोअनुसार नेपाल टेलिकमका इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको छ । सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरु समस्यामा परेका छन् ।

टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध छ ।टेलिकमले अहिलेसम्म सेवा अवरूद्ध भएकोबारे कुनै जानकारी दिएको छैन ।