बाजुरा भूकम्पपछि विकास साझेदारसँग आकस्मिक छलफल

बुधबार माघ ११, २०७९/ Wednesday 01-25-23
Paschim Today

बाजुरा,११ माघ ।  बाजुरा भूकम्पका विषयमा आज गृहमन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विकास साझेदार संघ संस्थाका प्रतिनिधिहरूसँग आकस्मिक बैठक सम्पन्न गरेको छ ।

गृहसचिव विनोदप्रकाश सिंहको अध्यक्षतामा भएको बैठकमा भूकम्पबाट भएका क्षतिको तत्काल विवरण संकलनदेखि भत्किएका घरहरूको पुनर्निर्माणका लागि साझेदार संस्थाहरूले के कस्तो सहयोग पुर्याउन सक्छन् भन्नेबारेमा छलफल भएको थियो ।

छलफलमा विकास साझेदार संस्थाका प्रतिनिधिहरूले भूकम्प प्रभावित जिल्ला र स्थानीय पालिकाहरूमा आफूहरुले गरिरहेका कामहरूका साथै भएका जनशक्ति र गर्न सकिने सहयोगका बारेमा जानकारी गराएका थिए ।