Close This

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

बिहीबार माघ १९, २०७९/ Thursday 02-02-23
Paschim Today

भक्तपुर, १९ माघ । भक्तपुर सूर्यविनायक नगरपालिका-९, नंखेल लाकुरी भञ्ज्याङ बन्देश्वरी जंगलमा लगेर किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

काठमाडौं थानकोट बस्ने १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बुधबार साँझ ६ बजे  २१ वर्षीय भक्त नेपाली पक्राउ परेका हुन्। उनलाई जबरजस्ती करणी कसुरमा पक्राउ गरेको भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए।