Close This

‘प्रदर्शनीमा एक लाख जतिले अवलोकन गर्ने अनुमान गरेका छौँ’

मंगलबार फागुन १६, २०७९/ Tuesday 02-28-23
Paschim Today

कैलालीको धनगढीमा आजदेखि इन्फोटेकको आयोजनामा सूचना प्रविधि प्रदर्शन हुने भएको छ। कम्प्युटर एशोशियसन नेपाल कैलालीको आयोजनामा आजबाट २० गतेसम्म सूचना प्रविधि प्रदर्शनी हुँदै छ। आज हामी यी नै विषयमा रहेको कम्प्युटर एशोशियसन नेपालका निर्देशक टेकराज पनेरुसँग कुराकानी गरेका छौँ ।  प्रस्तुत छ पनेरुसँग गरिएको कुराकानी :
क्यान ईन्फोटेक (सूचना प्रविधि प्रदर्शनी) २०२३ आजबाट सञ्चालन हुँदैछ ? के कति तयारी पुरा भयो ?
क्यान ईन्फोटेक २०२३ को तयारी पुरा भएको छ । आज माघ १६ गतेबाट धनगढीमा सुरु हुँदै छ ।  
प्रदर्शनीको उद्घाटन कसले गर्दै हुनुहुन्छ रुउद्घाटन सत्रमा प्रमुख अतिथि, अतिथिहरू को को हुनुहुन्छ ?
प्रदर्शनीको उद्घाटन प्रदेश प्रमुख देवराज जोशीले गर्नुहुनेछ । त्यस्तै क्यान महासङ्घका अध्यक्ष ,त्यस्तै प्रदेशका माननीयहरूको सहभागिता रहनेछ ।
प्रदर्शनी कति दिनसम्म सञ्चालन हुन्छ ?
प्रदर्शनी १६ गतेदेखि २० गतेसम्म गरी पाँच दिन सम्म सञ्चालन हुने छ । 
प्रदर्शनीका विशेषता के कस्ता छन् ?
यसमा चाहिँ नेपालका आधिकारिक विक्रेताहरू जो चाहिँ नेपालमा सामाग्रीहरू उत्पादन गर्छन् । तिनीहरूको यहाँ उपस्थिति हुनेछ । जो नेपालमा कम्पनी लिएर बसेका छन् । त्यसै गरेर यहाँका विद्यार्थीहरूले उत्पादन गरेका सामाग्रीहरूको पनि प्रदर्शनी रहनेछ । हामीले उद्घाटन समारोहमा पनि यहाँका विद्यार्थीले बनाएको मोबाइलको एपबाट प्रमुख अतिथिले एक क्लिकमा मोबाइलको दियोबाट उद्घाटन हुनेछ ।

प्रदर्शनीमा अवलोकनका लागि कति जना आउने अनुमान गर्नुभएको छ ?
हामीले प्रदर्शनीमा एक लाख जतिले अवलोकन गर्ने अनुमान गरेका छौँ । त्यसका लागि हामीले सुदूरका नौ जिल्लामा प्रचार गरिसकेका छौँ ।  

प्रदर्शनीबाट कुन क्षेत्रका व्यक्तिले लाभ लिन सक्छन् ?कस्तो लाभ लिन सक्छन् ? 
यसमा विशेष गरेर आइटी सम्बन्धी जसलाई बढी इच्छा छ । उनीहरूलाई एकदम फाइदा जनक हुन्छ । प्रदर्शनीमा आउने सबैलाई फाइदा जनक नै हुन्छ । 
  
प्रदर्शनी आयोजनामा कति खर्च हुने अनुमान छ रु कसरी त्यो रकम जुटाउँदै हुनुहुन्छ रु यसको मुख्य प्रायोजन वा सह प्रायोजन कसले गरेको छ ? 
प्रदर्शनीमा हामीले लगभग ४० लाखको स्टीमेट गरेका छौँ । अहिलेसम्म स्पोन्सहरुबाट खर्च बराबरीको अवस्थामा देखिएको छ । इन्फोटेकको मुख्य प्रायोजकमा नेपाल दूर सञ्चार प्राधिकरण र एशोसियटमा नेपाल टेलिकम रहेका छन् ।

प्रदर्शनीबाट जोगिएको रकम कुन क्षेत्रमा लगानी गर्ने योजना छ ?
धनगढी उपमहानगरपालिकाका मेयर सङ्घ पनि केही छलफल भएको छ । बचेको रकमले नगरपालिका मार्फत आर्थिक अवस्था कमजोर भएको विद्यालयलाई सहयोग गरेर त्यसलाई आइटीमय बनाउने हाम्रो योजना छ । 
अन्तिममा, सूचना प्रविधि विषय लिई अध्ययनरत विद्यार्थी, सूचना प्रविधिप्रति रुचि राख्ने व्यक्तिहरू र यो सँग सम्बन्धित व्यवसाय गर्ने व्यक्तिहरूलाई प्रदर्शनका विषयमा के भन्नुहुन्छ ?
म अन्तिममा सम्पूर्णलाई के भन्न चाहन्छु भने हामीले जति मिहिनेत गरेका छौँ । आशा छ तपाईँहरूले बुझिदिनुहुनेछ भन्नेमा हामी विश्वस्त छौँ । म सबैलाई आमन्त्रणलाई लागि अनुरोध गर्दछु । सार्थ प्रदर्शनीमा आएर लाभ पनि उठाउनुहोला र हामीलाई पनि हौसला दिनुहोला ।