Close This

अमेरिकाको केंटकी राज्यमा सुदूर पश्चिमको होली

आइतबार फागुन २१, २०७९/ Sunday 03-05-23
Paschim Today

धनगढी, २१ फागुन । सुदुर पश्चिममा बिशेस गरि मनाइने नेपालीहरुको महान चाड  फागु पुर्णिमा तथा होलिपर्ब आज २०२३ मार्च  ४ शनिबारका दिन दिउसो  १ बजे देखि ६  बजे सम्म  धुमधामक साथ मनाइयो । होलि प्रेमीहरुको  उलेख्य उपस्थिति तथा वातावरणले समेत साथ दिएकोले यस पटक भने अलि होलिको रौनक बढेको देखिन्छ। होलीमा केटाकेटी देखि जेष्ठ नागरिक पनि उतिकै रमाएको देखिन्छ।

नेपालमा हुने होलि भन्दा यहाँ मनाइने होलिमा खासै फरक देखिएको पाइदैन ।  उपस्थित सबै होलि खेल्नमै बेस्था देखिन्थे । संस्थाले विभिन्न रंग, खाने पानी तथा पिज्जाको समेत बेबस्था गरेको थियो।  पिज्जा बेबस्थापनमा दिर्घ जोशी र संस्थाका सदस्यहरुको भूमिका रहेको थियो । सात समुद्र परि बसेर पनि आफ्नो संस्कृति जोगाउन र नया पिढीलाई आफ्ना बिसेष पर्ब बारे जानकारी दिने उदेश्यले बिगत ९, १० वर्ष देखि यस  सुदुर पश्चिम समाज केन्टुकीले विभिन्न कार्यक्रम गर्दै आएको छ।

यस सुदुर पश्चिम समाजको  स्थापना काल देखि संस्थाको संस्थापक अध्यक्ष्यको रुपमा  उद्धव राज उप्रेतीले संस्थाको संस्थागत विकासका लागि महत्वपूर्ण भूमिका खेल्नु भएको छ।  यसका साथै संस्थाका  हरेक गतिबिधिहरुमा मेरुदण्डको रुपमा रहेका  समितिका उपाध्यक्ष्य चुडामणि अवस्थी, सचिब मन बहादुर शाह, कोसाध्यक्ष्य बिपिन पन्त, सह-सचिब गोबिन्द अवस्थी, सदस्यहरु  प्रकाश पाण्डे, प्रकाश थापा, रेखा जोशी, त्रिलोक सिंह ऐर, अर्चना शाही, टंक न्यौपाने, निरञ्जन कुस्मी, बिबेक ढकाल  बिशेष सल्लाहकार नारायण भट्ट, रेखा भट्ट, मदन राज भट्ट खेम सिङ्ग धामीको सक्रिय सहभागिताले समाजको उचाई बढ्दै गैरहेको छ। प्रतेक वर्ष सुदुर पश्चिम समाज केन्टुकीले गौर पर्ब, पिकनिक , देउसीभैलो तथा होलि पर्ब भव्यताकासाथ मनाउदै आइरहेको छ।

सुदुर पश्चिम समाजले आफ्ना  कार्यक्रममा सम्पूर्ण नेपाली दाजु भाई तथा दिदि बहिनीहरुलाई आमन्त्रित गरेर संस्कृतिक आदान प्रदान गर्ने अवसरको पनि सदुपयोग गरिएको छ। सुदुर पश्चिम समाजको निमंत्रना स्वीकारेर पाल्नु हुने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदि बहिनीहरुलाई संस्थाको तर्फ़बाट हार्दिक धन्यवाद छ।