Close This

कैलालीमा वन पैदावार मुद्दाका फरार प्रतिवादी पक्राउ

शुक्रबार चैत ३, २०७९/ Friday 03-17-23
Paschim Today

धनगढी, ३ चैत्र । कैलालीमा वन पैदावार मुद्दाका फरार चार प्रतिवादी पक्राउ परेका छन्। बिना इजाजत वन पैदावार हटाएको मुद्दामा फरार रहेका चार जनालाई प्रहरीले विहिबार पक्राउ गरेको हो।

बिना इजाजत वन पैदावार हटाएको मुद्दामा फरार रहेका गोदावरी नगरपालिका–२ का रुपेश थापा, ललित ओली, अर्जुन बोहरा र भानु ओलीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको डिएसपी कुलदीप चन्दले बताए।

जिल्ला अदालत कैलालीले उनीहरु माथि जनही ८३ हजार ९ सय ७० जरिवाना तोकेको थियो। फरार रहेका चारै जनालाई पक्राउ गरिएको हो। त्यस्तै सवारी ज्यान र चोरी कसुर सम्बन्धि मुद्दाका थप २ जना फरार प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको छ। पक्राउ परेका फरार प्रतिवादीलाई कैद भुक्तानका लागि प्रहरीले जिल्ला अदालतमा बुझाईसकेको छ।