Close This

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको अध्यक्षमा पडाल

शनिबार चैत ४, २०७९/ Saturday 03-18-23
Paschim Today

धनगढी,४ चैत । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको अध्यक्षमा भीम पडाल निर्विरोध निर्वाचित भएका छन् ।

संघको १४ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले पडालको अध्यक्षतमा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा नरबहादुर नेगी, उपाध्यक्षमा योगेन्द्रबहादुर शाही, महासचिवमा सुनिल ओझा, सचिवमा निमप्रसाद मिश्र, कोषाध्यक्षमा गिता अधिकारी चयन भएका छन् ।

यस्तै जनकराज भट्टराई, घनश्याम ओझा, डिल्लीराज ओझा, खेमराज भट्ट, सुरबहादुर चन्द रुपकबहादुर विष्ट, खेमराज दाहाल, विपिन आचार्य र बासुदेव जोशी सदस्यमा चयन भएका हुन् ।

No description available.