Close This

एक जना कोरोना सङ्क्रमितको मृत्यु

शनिबार बैशाख १६, २०८०/ Saturday 04-29-23
Paschim Today

काठमाडौँ,१६ वैशाख ।कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज उपचारका क्रममा एक जनाको मृत्यु भएको हो ।

आज एक हजार दुई सय ३८ जनामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ ।उपचारपछि आज ३५ जना निको भएर घर फर्किएका छन् । सक्रिय सङ्क्रमित तीन सय ६१ जना छन् ।

यस्तै संस्थागत आइसोलेसनमा २७, सघन उपचार कक्ष आइसीयूमा आठ र भेन्टिलेटरमा एक जना उपचारत छन् ।