पूर्व राजा ज्ञानेन्द्र धनगढी आइपुगे
आइतबार जेठ ७, २०८०/ Sunday 05-21-23
Paschim Today
धनगढीः पूर्व राजा ज्ञानेन्द्र शाह स-परिवार धनगढी आई पुगेका छन् ।
धनगढीमा भोली पूर्व राजाको नागरिक अभिनन्दन हुने जनाइएको छ। पूर्व राजाको नागरिक अभिनन्दनका लागि १ हजार १ सदस्यीय नागरिक अभिनन्दन मुल समारोह समिति गठन भएको छ। पूर्व मन्त्री जयन्त चन्दको संयोजकत्वमा मुल समारोह समिति गठन भएको नागरिक अभिनन्दन समारोहका सञ्चार संयोजक ललित जोशीले बताए।
पूर्व राज परिवारलाई धनगढीको कभर्ड हलमा विशाल समारोका बिच नागरिक अभिनन्दन गरिने जोशीले बताए। पूर्व युवराज पारस शाह र कोमलबाहेक राजपरिवारका सबै सदस्य धनगढी आइपुगेका छन्।
तपाईको प्रतिक्रिया