Close This

दक्षिण अमेरिकी राष्ट्र गुयानाको एक विद्यालयमा आगलागी २० जनाको मृत्यु

मंगलबार जेठ ९, २०८०/ Tuesday 05-23-23
एजेन्सी

एजेन्सी, दक्षिण अमेरिकी राष्ट्र गुयानाको एक विद्यालयमा आगलागीमा परेर कम्तीमा २० जनाको मृत्यु भएको छ । मध्य गुयानास्थित महदिया माध्यमिक विद्यालयमा भएको आगलागीमा अन्य केही घाइते भएका छन् । ‘यो ठूलो विपत्ति हो । यो दर्दनाक छ,’ दक्षिण अमेरिकी राष्ट्र युयनाका राष्ट्रपति इरफान अलीले भने ।

अलीले आगलागीबाट घाइते भएका सबै बालबालिकाको उपचार भइरहेको बताए । उनले राजधानी जर्जटाउनका दुई प्रमुख अस्पतालमा हरेक बालबालिकालाई ध्यान दिन आदेश दिएको बताए । जर्जटाउनबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको महदिया क्षेत्रमा भारी वर्षाका कारण स्थलमार्ग विच्छेद भएकाले उद्धारका लागि निजी र सैन्य विमान पठाइएको उनले बताए ।

विपक्षी सांसद नतासा सिंह लुइसले आगलागीको कारणबारे छानबिन गर्न माग गरे । आगलागीबारे प्रहरीले  अनुसन्धान सुरु गरेको छ । करिब आठ लाख जनसंख्या भएको सानो अंग्रेजीभाषी देश गयाना विश्वको सबैभन्दा ठूलो प्रतिव्यक्ति तेल भण्डार भएको पूर्वडच र बेलायती उपनिवेश हो ।