Close This

शेयर बजार आज बिहीबार बन्द हुने

बिहीबार जेठ ११, २०८०/ Thursday 05-25-23
Paschim Today

काठमाडौं, ११ जेठ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज बिहीबार बन्द हुने भएको छ । आज रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाको तीन जिल्लाहरूमा सार्वजनिक बिदा भएको कारण सेयर बजार बन्द हुने भएको हो ।

सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बुधबार नेप्से सूचक १६.४९ अंकले बढेर १९५९.१२ विन्दुमा पुगेको छ ।