Close This

शहिद स्मारक लिग फुटबल : आजका दुबै खेल रंगशालामा

शुक्रबार जेठ १२, २०८०/ Friday 05-26-23
Paschim Today

काठमाडौं, १२ जेठ । शहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आजका दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

जसअनुसार पहिलो खेल नेपाल पुलिस क्लब र खुमलटारका बिचमा हुनेछ । जुन खेल दिउँसो २ बजेवाट सुरु हुनेछ । उता, रंगशालामा नै हुने दोस्रो खेलमा हिमालयन शेर्पा र थ्रि स्टार बिच प्रतिस्पर्धा हुनेछ । सो खेल साँझ ६ बजेवाट सुरु हुनेछ ।