अब कोहि गाउँ शहर नपस्नु होला वि.पि. बेच्ने बाहानामा

वि.पि. यिं लोकतन्त्रवादिहरुका कानमा गुञ्जाहट देउ,
अब दलाल अनि राष्ट्रघाति भ्रष्टहरुको मन माझेर लेउ।।
सिकायौ त केवल राष्ट्र बनाउन किताबका पानाहरुमा,
यिनले त तिमिलाइ भजाउदै नाचे भ्रष्टाचारका गानाहरुमा।।
भन्छन विपिवाद मान्छौ हामी, उठ जाग सबै लागौ,
जनतालाई फसाउंदै हिड्छन मिलि खजानाहरुमा।।
दोष तिम्रो केही होइन विपि गरिवलाई सपना बाड्नु,
बजारमा विकाएकै छन तिम्रा खाका भजानाहरुमा।।
दुहुनु गाई हलगोरु सानो घर सुन्दरपक्ष लोकतन्त्रको,
कहिले यो राष्ट्रको समुन्नत होला जनताहरुको चाहानामा।।
अब कोहि गाउँ शहर नपस्नु होला वि.पि. बेच्ने बाहानामा।।
विष्णु भक्त खैर
नेपाल सांस्कृतिक महासंघ केन्द्रीय सदस्य तथा सु•प• प्रदेश
तपाईको प्रतिक्रिया