पुन र प्रधानमन्त्री शाह बीच भेटे
बिहीबार भदौ १८, २०८३/ Thursday 09-03-26
Paschim Today
काठ्माडौँ । प्रधानमन्त्री बालेन्द्र शाहसँग आज नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले भेट गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्ता भएको हो। भेटमा उनीहरू बिच रसुवाको भोटेकोशी नदीमा आएको बाढी र त्यसपछिको खोज, उद्धार, उपचार, राहत वितरणलगायत विषयमा कुराकानी भएको छ।
यस्तै, उनीहरू बिच बाढीबाट प्रभावित भएका पूर्वाधारलाई कसरी पुनः सञ्चालन गर्ने विषयमा पनि छलफल भएको छ।
प्रधानमन्त्रीसँग यसअघि उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि भेट गरेका थिए। उनीहरू बिचको भेटमा बाढीलगायतका विषयमा कुराकानी भएको थियो।






तपाईको प्रतिक्रिया