कैलालीमा माइक्रोबसको ठक्करबाट १५ वर्षीया बालिकाको मृत्यु
बिहीबार भदौ १८, २०८३/ Thursday 09-03-26
Paschim Today
कैलाली। कैलालीको लम्कीचुहा नगरपालिका ८ गप्कामा माइक्रोबसको ठक्करबाट १५ वर्षीया बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्वस्तिका न्यौपाने रहेकी छन्। बाटो काट्ने क्रममा उनलाई सुपप्र ०१–००१ ख ४०८५ नम्बरको माइक्रोबसले आज बिहान ठक्कर दिएको थियो।
माइक्रोबसको ठक्करबाट घाइते भएकी न्यौपानेको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि माइक्रोबसका चालक प्रताप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






तपाईको प्रतिक्रिया