मन्त्रीपरिषद् बाट स्वीकृत भयो गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक
बुधबार असोज १७, २०८०/ Wednesday 10-04-23
Paschim Today
धनगढी, १७ असोज । कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि विधेयकलाई संघीय संसदमा पेस गर्ने बाटो खुल्ला भएको छ । संघीय मन्त्रीपरिषद्को मंगलवारको बैठकले विधेयकलाई स्वीकृत गरे पछि विधेयक पेस गर्ने बाटो खुल्ला भएको हो ।
संघीय मन्त्रीपरिषद्ले स्वास्थ्य क्षेत्रको अध्ययन–अनुसन्धानलगायत उद्देश्य समेटिएको ६ सय शय्याको स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक स्वीकृत गरेका छ ।
प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्तका अनुसार संसदबाट गेटामा स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनको कानून बन्ने छ । कानुन बनेपछि कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनमा आउने छ ।
तपाईको प्रतिक्रिया