ठूलो दुर्घटनाबाट जोगियो कर्णाली रिभरको बस

शुक्रबार कार्तिक ३, २०८०/ Friday 10-20-23
Paschim Today

धनगढी, ३ असोज ।
धनगढीवाट बझाङ जादै गरेको कर्णाली रिभर यातायातको १९८३ नम्बरको बस आज विहान ठूलो दुर्घटनावाट जोगिएको छ ।
जयपृथ्वी नगरपालिका ७ सुबेडा खड्केतोला नजिकै बस स्लिप खाएर भीरमा अड्किएको छ ।

सो ठाउमा फराकिलो सडक नहुदा अहिले  यातायात समेत ठप्प रहेको छ ।

यतिबेला घट्नास्थलबाट बस निकाल्ने प्रयास भईरहेको छ । बस निकालेपछि मात्र सो सडक खण्डमा यातायात सुचारु हुने बताईएको छ ।
तस्वीर : नरेन्द्र उपाध्याय