Close This

मानसिक सन्तुलन ठिक नभएकी युवतीको बलत्कार, एक जना पक्राउ

बिहीबार कार्तिक ३०, २०८०/ Thursday 11-16-23
Paschim Today

धनगढी, ३० कात्तिक ।
कैलालीको लम्की चुहा नगरपालिका - ३ ढुंगे बजारकी मानसिक सन्तुलन ठिक नभएकी ३० वर्षीया एक युवतीको बलत्कार भएको छ ।
प्रहरीले बलत्कार गरेको आरोपमा स्थानीय ४५ वर्षीय प्रकाश जैसीलाई पक्राउ गरेको छ ।

मानसिक सन्तुलन ठिक नभएकी ती युवतीलाई घरमा कोही नभएको मौका छोपी बुधवार साँझ करीव ६ बजे जैसीले बलत्कार गरेको प्रहरीले जनाएको छ ।

मानसिक सन्तुलन ठिक नभएकी छोरीलाई घर अगाडी काठको खटियामा बाँधेर उनकी आमा काम गर्न बाहिर गएकी थिईन । उनकी आमा हठात घर पुगेपछि जैसी पाईन्ट लगाएर भागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती युवतीले जैसीले आफूलाई बलत्कार गरेको आमालाई बताएकी थिईन ।

घट्नाको जानकारी पाएपछि प्रहरी निरीक्षक हरीराम डाँगीको नेतृत्वमा खटिएको टोलीले जैसलाई पक्राउ गरेको थियो ।