Close This

धनगढीको ग्यालेक्सी स्कुलका ११ जना विद्यार्थीले पाए एमबीबीएस र इन्जिनियरिङमा छात्रवृत्ति

सोमबार मङ्सिर ४, २०८०/ Monday 11-20-23
Paschim Today

धनगढीमा  रहेको ग्यालेक्सी माध्यमिक विद्यालयका ११ जना विद्यार्थीले इन्जिनियरिङ र एमबीबीएस पढ्न छात्रवृत्ति कोटामा नाम निकालेका छन्।

ग्यालेक्सी माध्यमिक विद्यालयका सञ्चालक दिनेश पौडेलका अनुसार चिकित्सा विज्ञान अध्ययन संस्थान (आइओएम) बाट छात्रवृत्ति कोटामा ६५ नम्बरमा सुशान्त मडैले पूर्ण छात्रवृत्ति सहित  र अन्य १० जनाले ईन्जिनियरिङ् अध्ययन संस्थान (IOE) द्वारा संचालित प्रवेश परीक्षामा सहभागी भई पूर्ण छात्रवृत्तिमा नाम निकालेका हुन्।

पौडेलका अनुसार इन्जिनियर अध्ययन संस्थानमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीहरु क्रमशः निशान उपाध्याय, विज्ञान अवस्थी, टेकराज भट्ट, प्रकाशसिंह बाघ, सुबोध भट्ट, सुरज भट्ट, निखिलसिंह बिष्ट, सिर्जना पन्त, अंकित जोशी, र प्रवेश कुँवरले पूर्ण छात्रवृत्ति तर्फ नाम निकालेका छन्।