माईतीघर देखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा, एकैठाउँमा कार्यक्रम गर्न नदिने प्रशासनको निर्णय

सोमबार मङ्सिर ४, २०८०/ Monday 11-20-23
Paschim Today

काठमाडौं । माईतीघर मण्डलादेखि बानेश्वर सम्मको क्षेत्रमा ३० दिनसम्म विरोध प्रर्दशन गर्न नपाईने गरि जिल्ला प्रशासन कार्यालय, काठमाण्डौंले निषेधित क्षेत्र घोषणा गरेको छ । 
युवा संघ र दुर्गा प्रसाईंले ७ मंसिरका लागि तोकेको कार्यक्रम एकैठाउँमा गर्न प्रशासनले नदिने भएको हो । दुवै पक्षले ७ मंसिरमा बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलबाट शक्ति प्रदर्शन गर्ने निर्णय गरेका थिए । तर, शान्ति सुरक्षाको अवस्था मध्यनजर गरेर दुवै पक्षलाई एकैठाउँमा कार्यक्रम गर्न नदिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका छन्।

‘माइतीघर मण्डला मात्रै होइन, काठमाडौंका कुनै पनि एउटै स्थान, समय र मितिमा दुई पक्षको कार्यक्रम नहुने र ‘वैकल्पिक स्थानमा कार्यक्रम गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए।।’

वैकल्पिक स्थानका रुपमा तीनकुने, खुलामञ्च, नारायण चौर, माछापोखरी, कीर्तिपुर लगायतका क्षेत्रमध्ये एक रोज्न भनिएको छ ।