Close This

सुदूरपश्चिममा बढ्दै कुष्ठरोगी, सबै भन्दा बढी कैलालीमा

आइतबार माघ १४, २०८०/ Sunday 01-28-24
Paschim Today
फाईल तष्विर

रन्जना बि.सी
कैलाली ।
सुदूरपश्चिम प्रदेशमा कुष्ठ रोगका बिरामी बढ्न थालेका छन् । स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालयको तथ्याङ्कका अनुसार प्रदेशमा रोगीको संख्या बढिरहेको हो । सुदूरपश्चिममा आर्थिक वर्ष २०७९\८० मा  कुष्ठ रोगका २७९ जना बिरामी फेला परेका छन् ।

आर्थिक वर्ष २०७८\७९ मा २५२ जना बिरामी रहेकोमा ७९\८० मा २७ जना बिरामी थपिएका छन्  ।  आ.व २०७२\७३ मा १९० जना कुष्ठ रोगका बिरामी फेला रहेको सुदूरपश्चिममा  आ.व २०७३/७४ यो संख्या बढेर १९८ पुगेको थियो  । आ.व २०७४\७५ मा बिरामीको संख्या झन्डै दोब्बरले वृद्धि भएर २९७ जना पुगेको थियो ।

यस्तै आ.वर्ष २०७५\७६मा ३०७ जा बिरामीमा यो रोग देखियो, जुन अघिल्लो वर्षको तुलनामा घट्दो दरमा बिरामी बढेको देखिन्छ । आर्थिक वर्ष २०७६\७७ मा २२८ जना बिरामी फेलापरेकोमा आ.व २०७७\७८ मा २८३ जनामा यो रोग देखिएको छ । 

सुदूरपश्चिममा जिल्लागत रुपमा हेर्दा यो रोग सबै भन्दा बढी कैलाली, कञ्चनपुर र अछाममा बढी देखिएको छ । कैलालीमा आर्थिक वर्ष २०७८\७९ मा १३१ जना बिरामी फेला परेकोमा २०७९÷८० मा यो संख्या बढेर  १४९ जनामा यो रोग देखिएको छ । यस्तै कञ्चनपुरमा आ.व २०७८\७९मा ३२ जना बिरामी फेला परेकोमा आ.व २०७९\८० ४३ जना बढेका छन् । अछाममा आ.व २०७८\७९मा २५ जना बिरामी फेला परेकोमा आ.व २०७९\८० मा २२ जना बिरामी बढेका छन् ।

यस्तै बैतडीमा  आ.व २०७८/७९मा २ जना बिरामी फेला परेकोमा २०७९\८० मा ४जना, बझाङमा  आ.व २०७८/७९मा ३ जना बिरामी फेला परेकोमा आ.व २०७९/८० मा ५ जना, बाजुरामा आ.व २०७८/७९मा ४ जना बिरामी फेला परेकोमा ०७९ \८० मा १ जना, डडेलधुरामा ७८/७९मा १ जना बिरामी फेला परेकोमा ०७९ /८० मा पनि १ जना, दार्चुलामा आ.व २०७८\७९मा २ जना बिरामी फेला परेकोमा ०७९ \८० मा पनि २ जना र डोटीमा आ.व २०७८/७९मा ५ जना बिरामी फेला परेकोमा आ.व २०७९÷८० मा ३ जना बिरामी फेला परेका छन् । 

आ.व २०७९८० मा १४ वर्ष मुनिका १४ जना बालबालिकामा यो रोग देखिएको छ । जसमा सबै भन्दा बढी कैलालीमा १२ जना रहेका छन् । यस्तै अछाम र कञ्चनपुरमा पनि १/१ जना रहेका छन् । यस्तै वार्षिक रुपमा पत्ता लागेका कुष्ठ रोगका बिरामी मध्य २०७९/८० मा २२ जना  आपांगता भएका छन् । जस मध्य कैलालीमा १९ र अछाममा ३ जना रहेका छन् । 

सुदूरपश्चिम प्रदेशमा प्रतिसतका आधारमा आ.व ०७९/८० मा प्रति दश हजार जनसङ्ख्यामा १ दशमलव १ प्रतिसतमा यो रोग देखिएको तथ्याङ्कले देखाउँछ । यस्तै ०७९ /८० मा प्रति एक लाख जनसङ्ख्यामा सुदूरपश्चिममा ७ दशमलव ५४ प्रतिशत  नयाँ बिरामी फेला परेका छन् । 
आर्थिक वर्ष २०८०/८१ को साउन मसान्त देखि पुस सम्म १०६ नया बिरामि फेला परेका छन  जस मध्य ५४ पुरुष ५२ महिला  रहेका छन् । जस मध्य अपाङ्गता हुन सक्ने सम्भावना रहेका ९ जना बिरामी रहेका छन् । 

नेपालको सन्दर्भमा आर्थिक वर्ष २०७९/८० मा नयाँ पत्ता लागेका बिरामीको जम्मा संख्या २ हजार ५ सय २२ जना रहेको छ । आा. व को अन्यमा उपचारमा रहेका बिरामीको संख्या २ हजार ५ सय १० जना रहेको छ । नयाँ बिरामी मध्य १४ वर्ष भन्दा मुनिका बिरामीको संख्या १८१ जना रहेका छन् । 
 

हाल प्रदेश अनुसार कुष्ठ रोगका बिरामीहरूको संख्या कोसी प्रदेशमा ४७१, मधेस प्रदेशमा ९४४, बाग्मतीमा १९९, गण्डकीमा १२०, लुम्बिनीमा ५६५, कर्णालीमा ७३ र सुदूरपश्चिममा २३० जना रहेका छन् । 
कुष्ठ रोग के हो ? 
कुष्ठ रोग आँखाले देख्न नसकिने माइकोव्याक्टेरियम लेप्रे नामक सूक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । यो रोग एक मानिसबाट अर्को मानिसमा सर्ने गर्दछ । उपचार नगरेको कुष्ठरोग बिरामी सँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतया श्वास प्रश्वासको माध्यमबाट यो रोग सर्ने गर्दछ । सुरुकै अवस्थामा रोगको निदान उपचार गरेमा यो रोग अरूलाई सर्दैन । समयमा नै उपचार गरेमा कुष्ठ रोग पूर्ण रुपमा निको हुन्छ र अपाङ्गता हुँदैन ।