Close This

नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा डा भट्ट

बिहीबार माघ १८, २०८०/ Thursday 02-01-24
Paschim Today

नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश शाखाको नयाँ कार्यकारिणी समिति चयन भएको छ। डा खगेन्द्रराज भट्टको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो। 

सन् २०२४ देखी २०२७ सम्मका लागी नव निर्वाचित कार्यकारिणी समितिको अध्यक्षमा डा खगेन्द्र राज भट्ट, उपाध्यक्ष डा नरबहादुर मौनी, सचिव डा मेराज आलम अन्सारी, कोषाध्यक्ष डा रवीन्द्रदेव भट्ट, सह-सचिव डा जगदीश विष्ट, सह-कोषाध्यक्ष डा जोनस तिवारी चयन भएका छन्।

यस्तै, सदस्यहरूमा क्रमशः डा. विजय विक्रम बम, डा चेतराज भट्ट, डा गणेश फुलारा, डा मोहन नाथ र डा शाम्यक शाक्य चयन भएका छन्। यस अघि सङ्घको अध्यक्ष डा प्रदीप मिश्र रहेका थिए।