Close This

प्रेम दिवसमा धनगढी आउँदै समीक्षा अधिकारी

मंगलबार माघ २३, २०८०/ Tuesday 02-06-24
Paschim Today

चर्चित गायिका समीक्षा अधिकारी प्रेम दिवसको दिन धनगढी आउने भएकी छन्।  धनगढीमा फागुन २ गते प्रेम दिवस अवसरमा आयोजित विशेष कार्यक्रमका लागि उनी धनगढी आउन लागेकी हुन् ।

प्याट टिम क्लेक्सनको आयोजनामा धनगढीमा रहेको फ्लाटलयाण्ड फुटसलमा हुने उक्त कार्यक्रममा चर्चित गायिका समीक्षा अधिकारी र उमेश मुस्कान आउने भएका छन्। आफूलाई सुदूरपश्चिम निकै राम्रो लाग्ने त्यहाँका कार्यक्रमहरू सहभागी हुन पाउँदा खुसी लागेको उनले बताइन् । आफू सहभागी कार्यक्रममा सबैलाई आउन पनि उनले निम्तो दिएकी छन् ।

प्रेम दिवस विशेष कार्यक्रम विशेष रूपमा मनाइने तयारी गरिएको छ । ३०० र ५०० टिकट रहेको उक्त प्रोग्राममा ३००मा एक जना प्रवेश र ५००को टिकटमा जोडीहरूलाई प्रवेश रहेको आयोजकले जनाएको छ।
राष्ट्रिय कलाकार र स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहने समेत आयोजकले जनाएको छ। 
कार्यक्रम फागुन २ गते बेलुका ४ सुरु हुने र कार्यक्रमबाट फाइदा रकम बाट २० प्रतिशत रकम पशु संरक्षणको लागि खर्च गरिने समेत आयोजकले जनाएको छ ।