Close This

४३ जना जिल्ला न्यायाधीशका लागि विज्ञापन

शुक्रबार माघ २६, २०८०/ Friday 02-09-24
Paschim Today

काठमाडौँ –  न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीशका लागि विज्ञापन आह्वान गरेको हो। आयोगले शुक्रबार सूचनामार्फत् विभिन्न समावेशी समूह गरेर ४३ जना न्यायाधीश्का लागि विज्ञापन खुला गरेको हो।

जसमा आन्तरिक खुुलामा २१ वटा कोटा निर्धारण गरिएको छ। खुलाका लागि १२, महिलाका लागि ४ आरक्षण दिइएको छ भने आदिवासी जनजातिका लागि २ वटा कोटा निर्धारण गरिएको विज्ञापनमा उल्लेख छ। मधेसीका लागि २, दलित र अपाङ्गता भएकाका लागि एक एक सिट निर्धारण गरिएको छ।

जिल्ला न्यायाधीशमा अधिवक्ता भएको आठ वर्ष र उपसचिवमा पाँच वर्ष काम गरेकाले आवेदन दिन पाउँछन्।