Close This

सेयर बजारमा गिरावट

आइतबार माघ २८, २०८०/ Sunday 02-11-24
Paschim Today

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार १०.५० अंकले घटेर २०८५ को विन्दुमा कायम हुन पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.५० अकंले घटेर २०८५.८२ बिन्दुमा बन्द भएको छ । आज ३०५ कम्पनीको १ करोड ५ लाख ७१ हजार १९९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ ।

आइतबार तीन उपसूचकमा मात्र हरियाली लागेको छ । आज विकास बैंक समूहको ०।०९ प्रतिशत, हाइड्रोपावर समूहको ०.२२ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.०५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

सर्वाधिक कारोबार गर्ने कम्पनीहरु 

उक्त दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । आज कम्पनीको ६२ करोड ४७ लाख ८५ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चरको १२ करोड ४ लाख ३४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । 

त्यस्तै उक्त दिन हिमालयन डिस्टीलरीको ९ करोड २३ लाख २६ हजार रुपैयाँ, एनआइसी एसिया बैंकको ८ करोड ४२ लाख ४ हजार रुपैयाँ र हाथवे इन्भेष्टमेन्टको ८ करोड ३० लाख ७७ हजार रुपैयाँको कारोबार भएको हो ।