Close This

सिँचाइको योजनामा भ्रष्टाचार गरेको भन्दै कालोमोसो र चप्पलको माला

सोमबार माघ २९, २०८०/ Monday 02-12-24
Paschim Today

कैलाली ।

डडेल्धुरामा सिँचाइ योजनामा भ्रष्टाचार गरेको भन्दै एक जनालाई कालोमोसो र चप्पलको माला लगाइएको छ ।

जिल्लाको आलिताल गाउँपालिका–३ का जयसिंह महरलाई आइतबार दिउँसो  मोहन वैद्य नेतृत्वको पार्टीका व्यक्तिहरूले कालोमसो दलेको प्रहरीले जनाएको छ । 

२०७८ सालमा निर्माण भएको सिँचाइ योजनामा सचिव रहेका महरलाई भ्रष्टाचार गरेको आरोप लगाउँदै कालोमसो र चप्पलको माला लगाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले जानकारी दिए । उनीहरूको खोजी कार्य जारी रहेको उनले बताए ।

महरलाई कालोमसो दलेको भिडियो समेत सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ ।