Close This

प्रचण्डले गरे १८ जनालाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत

सोमबार माघ २९, २०८०/ Monday 02-12-24
Paschim Today

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले १८ जना नेतालाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १८ जनालाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् । माओवादी केन्द्रको वैकल्पिक केन्द्रीय सदस्यमा मोरङका लालबहादुर सुस्लिङ, खोटाङका शंकर राई, संखुवासभाका रिपुप्रसाद राई, सुनसरीका डम्बर सुवेदी, मोरङका डा। महादेव महतो र टंक गरी, रुकुमपूर्वका रामसुर बुढा र रोल्पाका पुरन केसी मनोनीत भएका छन् ।

यस्तै, बाँकेका राजेन्द्रबीर राय, काठमाडौंका नारायण महर्जन, नुवाकोटका हिरानाथ खतिवडा, जुम्लाका मनझषि धिताल, चितवनका खिलाबहादुर भण्डारी, रामेछापका मैनकुमार मोक्तान, अर्घाखाँचीका चन्द्रबहादुर खड्का, गोरखाका विवश चिन्तन देवकोटा, कास्कीका गंगा पोखरेल र ताप्लेजुङका विजय वनेम पनि वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।