Close This

‘क्लिन स्वीप’ गर्न क्यानडाले दियो नेपाललाई २३३ रनको लक्ष्य

सोमबार माघ २९, २०८०/ Monday 02-12-24
Paschim Today

काठमाडौं । तेस्रो एकदिवसीय सिरिजको अन्तिम खेलमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन जोड्यो ।

क्यानडाका लागि नवनित दलिवालले ५० रनको अर्धशतकीइ पारी खेले । ८२ बलको सामना गरेका उनी ललित राजवंशीको बलमा आउट भए । त्यस्तै निखिल दत्तले ४५ रन थपेको खेलमा कप्तान साद विन जफरले ३१, हर्श थाकरले २९, श्रेयास मोभ्भाले २५ तथा श्रीमन्था विजयरत्नेले २२ रन जोडे ।

बलिङतर्फ नेपालका हेमन्त धामीले तिन विकेट लिए । ८ ओभर बलिङ गरेका उनले ५० रन खचिएर ३ विकेट लिएका हुन् । हेमन्तको आज डेब्यू खेल हो । उनले राष्ट्रिय टिमबाट डेब्यू गर्दै डेब्यू खेलमै ३ विकेट चट्काउँदा कुशल मल्लले २ तथा ललितनारायण राजवंशी, पवन सर्राफ र आकाश चन्दले समान १ विकेट लिए ।

यसअघि लगातार दुई खेल जित्दै नेपालले सिरिज जितिसकेको छ। फागुन पहिलो सातादेखि सुरु हुने आइसिसी विश्वकप लिग-२ को तयारीका लागि नेपालले क्यानडासँग सिरिज खेलेको हो।

कीर्तिपुर मैदानमा हुने लिग-२ को सिरिजमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ।