Close This

'महाजात्रा' लाई १० अंक दिन राजनीतिका विषयले रोक्यो( केपी ओली

मंगलबार चैत १३, २०८०/ Tuesday 03-26-24
Paschim Today

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फिल्म ुमहाजात्राु हेरेका छन्।  पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले सोमबार बेलुका सुन्धारास्थित सिने डी सेफमा आफ्नी श्रीमती राधिका शाक्यसँग फिल्म हेरेका हुन्। उनले आफूलाई फिल्म मन परेको बताउँदै १० नम्बरमा ९।५ नम्बर दिएका छन्। 

‘फिल्मलाई १० मा १० अंक दिन केही राजनीतिका विषयले रोक्यो, त्यसकारण ०।५ घटाए। फिल्म राम्रो बन्न संदेश दिने कथा र त्यसलाई सम्प्रेषण गर्ने अभिनय चाहिन्छ, यी दुवै पक्ष महाजात्रामा सशक्त छन्। यसले बाटो बिराएकालाई सही मार्गमा हिड्न प्रेरणा दिन्छ’ ओलीले भने, ‘यसले पहिलो हाफमा मनोरञ्जन र दोस्रो हाफमा संदेश दिएको छ। फिल्म काल्पनिक कथामा बन्छ र राजनीति यथार्थमा चल्छ। त्यसकारण फिल्मबाट गलत कार्यमा लागेकालाई सही बन्न प्रेरणा मिल्छ।’

अध्यक्ष ओलीसँगै ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, रघुजी पन्त, कोमल ओली लगायतका ४० नेताले फिल्म हेरेका थिए। फिल्म अवधिभर मनोरञ्जनसँगै संदेश पनि प्राप्त गरेको कोमल ओलीले बताइन्।

अध्यक्ष ओलीसहित फिल्म हेर्न उपस्थित सम्पूर्ण नेतालाई निर्देशक प्रदीप भट्टराई, अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, अरविन खड्का लगायतले भेटेर धन्यवाद दिएका थिए।

‘हाम्रो फिल्मलाई समय निकालेर हेर्नुका साथै उठान गरिएको विषयलाई महसुस गरिदिनु भएकोमा कृतज्ञ छौं। यसपटक हामीले फिल्मलाई मनोरञ्जनमै सिमित नराखी फिल्मकर्मीको दायित्व बहन गर्दै संदेशसमेत दिएका छौं,’ निर्देशक भट्टराईले भने, ‘दर्शकसँगै राजनीतिज्ञबाट प्राप्त गरिरहेको प्रतिक्रियाले हामीलाई ऊर्जा थपेको छ। आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने मार्गनिर्देश समेत गरेको छ।’

‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ ले तीन दिनमा ४ करोड २६ लाख रूपैयाँ कमाएको छ। फिल्मले पहिलो दिन एक करोड २३ लाख, दोस्रो दिन एक करोड ८३ लाख र तेस्रो दिन एक करोड २० लाख रूपैयाँ कमाएको जानकारी दिएका छन्।

चैत ९ गतेदेखि प्रदर्शन भएको फिल्ममा हरिवंश आचार्य, विपीन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायत कलाकारको अभिनय छ। फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रूपमा निर्माण गरेका हुन्।