Close This

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

बुधबार चैत १४, २०८०/ Wednesday 03-27-24
Paschim Today

काठमाडौँ: नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख २६ हजार ८०० रुपैयाँ कायम भएको छ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख २६ हजार २०० रुपैयाँ निर्धारण भएको छ। यसअघि, मंगलबार छापावाल सुन १ लाख २५ हजार ८०० रुपैयाँ कायम रहेको थियो।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २५ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो। यता, बुधबार चाँदीको भाउ भने प्रतितोला १५ रुपैयाँले घटेर १४ सय ९० रुपैयाँ कायम भएको छ।

सोमबार चाँदीको भाउ प्रतितोला १५ सय ५ रुपैयाँ कायम रहेको थियो।