Close This

दोस्रो आमन्त्रित घोडाघोडी कप फुटबल–२०८१ हुने

बुधबार चैत १४, २०८०/ Wednesday 03-27-24
Paschim Today

कैलाली घोडाघोडी नगरपालिका–१ सुखडमा ‘दोस्रो आमन्त्रित घोडाघोडी कप फुटबल–२०८१’ हुने भएको छ । बुधवार पत्रकार सम्मेलन गर्दै घोडाघोडी क्लबले दोस्रो आमन्त्रित घोडाघोडी कप हुने जानकारी गराएको हो । ‘घोडाघोडी क्षेत्रको प्रचार प्रसार तथा पर्यटन प्रवर्द्धनका लागी’ भन्ने मूल नाराका साथ ‘दोस्रो आमन्त्रित घोडाघोडी कप फुटबल–२०८१’ हुने आयोजकले जानकारी दिएको छ ।
एन्फा सँग आबद्ध भएको क्लबले यस क्षेत्रमा फुटबलको चहलपहल बढाउने, खेलाडी उत्पादन गर्ने,सुदूरपश्चिमलाई खेलकुद पर्यटनको माध्यमबाट चिनाउने र युवाहरूलाई कुलतमा फस्नबाट बचाउने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको घोडाघोडी क्लबका अध्यक्ष होम तामाङले जानकारी दिए । प्रतियोगिता सञ्चालन हुँदा यस क्षेत्रको आर्थिक, सांस्कृतिक,पर्यटन तथा व्यापार व्यवसाय प्रवर्द्धन हुने अपेक्षा आफूहरूले लिएको उनले बताए ।
प्रतियोगिता हुने मिति र राशि चाँडै दोस्रो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने उनले जानकारी दिए । प्रतियोगितामा सुदूरपश्चिम, मध्यपश्चिम जिल्लाका ए श्रेणीका टिमको सहभागिता हुने भएको छ । पत्रकार सम्मेलनमा विभिन्न व्यक्तिहरूले प्रतियोगिताको सफलताको शुभकामना घोडाघोडी क्लब दिएका थिए । प्रतियोगिता सफल पार्न आफूहरूले खेल्न सक्ने भूमिकाहरू आफूहरूले निभाउने सहभागी वक्ताहरूले बताएका थिए । खेलकुदको विकासको लागी युवा तथा क्लबहरू अग्रसर हुने पर्ने कतिपयको धारणा थियो । 

कार्यक्रममा घोडाघोडी क्लब पदाधिकारीहरू,खेलाडीहरू र अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो । यस अधि प्रथम आमन्त्रित घोडाघोडी कप फुटबल २०७६ साल असोज २५ देखि कार्तिक ९ गते घोडाघोडी क्लबको रङ्गशालामा सम्पन्न भएको थियो । विभिन्न कारणले गर्दा घोडाघोडी क्लब प्रतियोगिता सञ्चालन गर्न सकेको थिए । अहिले घोडाघोडी क्लबले नयाँ खेलाडी उत्पादन गर्ने देखी एन्फा सँग सहकार्य गरेर क्लबले काम गरिरहेको छ । विभिन्न ठाउँमा हुने खेल प्रतियोगितामा सहभागी जनाएर क्लबले थुप्रै प्रतियोगिता समेत जित हासिल गरिसकेको छ ।