Close This

दार्चुलामा भिरबाट लडेर वडा सचिवको मृत्यु

शुक्रबार चैत १६, २०८०/ Friday 03-29-24
Paschim Today

दार्चुला : मालिकार्जुन गाउँपालिका–५ डाडाकोटस्थित भिरबाट लडेर वडा सचिवको मृत्यु भएको छ । गाउँपालिकाको केन्द्र पस्तीबाट डाडाकोट जाने क्रममा वडा सचिव ४० वर्षीय गंगाराम लुहारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार घटना बिहीबार भएको र प्रहरिले शुक्रबार जानकारी पाएको जनाएको छ । उनी हिजो बेलुकीतिर लडेको हुन सक्ने प्रहरीले अनुमान गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए ।

घटनाको अनुसन्धान तथा घटनास्थल मुचुल्काका लागि इलाका प्रहरी कार्यालय लालीबाट प्रहरी निरीक्षकको कमान्डमा टोली परिचालन भएको छ । घटनाबारे बुझ्न जिल्ला प्रहरी कार्यालयबाट पनि प्रहरीको टोली घटनास्थलतर्फ गएको छ ।