Close This

नेपाल ‘ए’ले आयरल्यान्ड वुल्भ्सविरूद्ध बनायो २१३ रन

सोमबार चैत १९, २०८०/ Monday 04-01-24
Paschim Today

काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरूद्धको तेस्रो टी-२० खेलमा नेपालको ‘ए’ क्रिकेट टिमले २१४ रनको लक्ष्य दिएको छ। यसअघिका दुई खेलमा पराजय भोगेर सिरिज गुमाइसकेको नेपालले तेस्रो खेलमा सोमबार टस हारेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा २१३ रन जोडेको हो।  नेपालले पछिल्लो पाँच ओभरमा ८४ रन जोडेको थियो।

नेपालका लागि आरिफ शेखले उत्कृष्ट ब्याटिङ गरे। आरिफले नटआउट ९३ रन जोडे। उनले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गरे।  कमलसिंह ऐरीले ७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै नटआउट १९ रन जोडे।  रशिद खानले १३ बल खेलेर ३ छक्का प्रहार गर्दै २४ रन जोडेका थिए। 

त्यसअघि ओपनरद्वय लोकेश बम ८ रन र देव खनाल ६ रन जोडेर आउट भए। कप्तान विनोद भण्डारीले ११ रन जोड्दा बसिर अहमदले १९ रन बनाए।  पवन सर्राफ १३ रन र नारायण जोशी १ रनमा आउट भए। बलिङ आयरल्यान्डका फिन ह्यान्डले २ विकेट लिए।