Close This

पार्टीको झन्डा ओढाएर एमाले उम्मेदवारको बुवाको दाहसंस्कार, थापाले भने– शोकलाई शक्तिमा बदल्नुहोस्

बुधबार बैशाख १२, २०८१/ Wednesday 04-24-24
Paschim Today

बझाङ ।  बझाङ प्रदेश सभा क्षेत्र नं। १ को उपनिर्वाचनमा नेकपा (एमाले) उम्मेदवार दमनबहादुर भण्डारीको बुवालाई एमालेले पार्टी झन्डा ओढाएर दाहसंस्कार गरिएको छ । एमाले उम्मेदवार भण्डारीका बुवा चक्रबहादुर भण्डारीको ८८ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो । बुधवार भ्यागुते खेलाको सेती दोभानमा उनको अन्तिम संस्कार गरिएको हो ।

 उनको पार्थिव शरीरमा एमाले स्थायी कमिटी सदस्य कर्ण थापा, पोलिट ब्युरो सदस्य राजेन्द्र रावल र केन्द्रीय सदस्य ऐन महरले सामूहिक रुपमा पार्टीको झन्डा ओडार श्रद्धाञ्जली दिएका थिए । श्रद्धाञ्जली सभामा करिब हजारको हाराहारीमा एमालेका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । साथमा अन्य पार्टीका नेता कार्यकर्ता पनि उपस्थित थिए ।श्रद्धाञ्जली सभामा बोल्दै स्थायी कमिटी सदस्य कर्ण थापाले शोकलाई शक्तिमा बदल्नु पर्ने बताएका थिए ।

‘आगामी १५ गते यहाँ उपनिर्वाचन हुँदै छ निर्वाचन उत्कर्षमा पुगेको बेला यस्तो दुखित घटना सुन्नु परेको छ’ थापाले भने, ‘यो शोकलाई अब शक्तिमा बदल्नु पर्छ । तपाइहरू जुट्नु होस् । लाग्नुहोस् । ’२०७९ मंसिरको निर्वाचनमा बझाङ–१ बाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको २०७९ असार ५ गते सवारी दुर्घटनामा मृत्यु भएपछि वैशाख १५ गते उपनिर्वाचन हुँदै छ ।

यहाँ कडा प्रतिस्पर्धा एमाले र कांग्रेसको हुने देखिन्छ । एमालेबाट दमन भण्डारी उम्मेदवार छन् भने काङ्ग्रेसबाट अभिषेक सिंह उम्मेदवार छन् ।