Close This

दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए कतारका अमिर

बुधबार बैशाख १२, २०८१/ Wednesday 04-24-24
Paschim Today

काठमाडौं । उनको बिदाइमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नरायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठलगायत विमानस्थल पुगेका थिए ।

कतारका अमिरको बिदाइका अवसरमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारद अर्पण गरेको थियो । राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा मंगलबार नेपाल आइपुगेका कतारी अमिरले राष्ट्रपति र प्रधानमन्त्रीसँग अलग(अलग भेटवार्ता गरेका थिए ।

बुधबार प्रधानमन्त्री दाहाल र कतारका तर्फबाट अमिर तमिमसहितको प्रतिनिधिमण्डलबीच वार्ता भएको थियो । उक्त वार्ताका क्रममा दुई देशबीच आपसी सहकार्यसम्बन्धी विभिन्न विषयमा समझदारी भएको छ । नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो ।

नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूतावास स्थापना गरेको थियो भने कतारले काठमाडौँमा सन् २०११ अगष्टमा राजदूतावास स्थापना गरेको थियो ।