Close This

कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

बुधबार बैशाख १२, २०८१/ Wednesday 04-24-24
Paschim Today

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव पद्म प्रसाद पाण्डेयले बुधबार सूचना जारी गर्दै सर्वोच्चको आदेशअनुसार निलम्बन फुकुवा गरेको जानकारी दिएका हुन् ।

यसअघि निलम्बन फुकुवा गर्न माग गरी रिट दायर गरेका गुरुङको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको थियो । मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङ २०७९ पुस १२ गते निलम्बनमा परेका थिए । निलम्बन गरेपछि गुरूङले फागुन २१ गते रिट दायर गरेका थिए।

विशेष अदालतले २०७९ फागुन १६ गते गुरूङसहित ९ जनालाई काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्क सञ्चालनमा भाडादर सस्तो गरी भ्रष्टाचार गरेको भन्दै दोषी ठहर गरेको थियो। उनलाई जरिवाना तोकिएको भए पनि कैद सजाय भएको थिएन।