Close This

युवायुवतीको प्रेम सम्बन्धलाई लिएर दुई समूहबीच झडप, स्थिति नियन्त्रणमा लिन ७ अश्रुग्यास प्रहार

बिहीबार बैशाख १३, २०८१/ Thursday 04-25-24
Paschim Today

काठमाडौ । धनुषाको औरही गाउँपालिका ९१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच विवाद उत्पन्न भएको थियो । एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा झडप भएको हो ।

स्थिति नियन्त्रणमा लिन ७ सेल अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए ।