Close This

कांग्रेस-एमाले नेताहरूबीच विमानस्थलमा भलाकुसारी

शनिबार बैशाख १५, २०८१/ Saturday 04-27-24
Paschim Today

नेपाली कांग्रेस र एमालेका नेताहरूबीच काठमाडौं विमानस्थलमा जम्काभेट भएको छ। एमाले महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य लेखराज भट्टसँग कांग्रेस नेता रमेश लेखक, चन्द्र भण्डारीलगायतका नेताहरूबीच भेटवार्ता भएको हो।

 

एमाले नेताहरूसँगको जम्काभेटका विषयमा कांग्रेस नेता लेखकले फेशबुकमा राख्दै लेखेका छन्, ‘काठमाडौंबाट महेन्द्रनगर आउने क्रममा काठमाडौं एयरपोर्टमा साथीहरूसँग भेटमा भलाकुसारी भयो।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन भत्काएपछि कांग्रेस सरकारबाट संघदेखि प्रदेशसम्म बाहिरिएको छ। प्रचण्डले समीकरण छाडेलगत्तै वैकल्पिक गठबन्धनको प्रयास असफल भएपछि कांग्रेसले पछिल्लो समय एमालेसँग संवाद बढाएको छ।

एमाले नेताहरुले कांग्रेससँगको सहकार्यलाई अस्वीकार गरेपनि कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइराला, रमेश लेखकसहितका नेताहरू पछिल्लो समय कांग्रेससँग संवादमा छन्।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच विश्वासको वातावरण बनाएर दुई ठूला दल मिलेर देशलाई राजनीतिक स्थायित्व दिनुपर्ने विषयमा बलियो मत बन्दै गइरहेको छ।