Close This

बझाङमा दुई पालिकाको मत गन्न बाँकी, कांग्रेसको अग्रता कायमै

सोमबार बैशाख १७, २०८१/ Monday 04-29-24
Paschim Today

कैलाली । बझाङमा एमाले र कांग्रेसबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । पछिल्लाे परिणामअनुसार कांग्रेस उम्मेदवार अभिषेक सिंहले ८३ मतले लिड गरिरहेका छन् । सिंहले ९ हजार १६७ मत ल्याउँदा एमाले उम्मेदवार दमन भण्डारीले ९ हजार ८४ मत पाएका छन् ।

 

अहिलेसम्म माओवादीका उम्मेदवार जनक बुढाले ३ हजार ५३५ र नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार ४२७ मत पाएका छन् ।

हालसम्म जयपृथ्वी नगरपालिका, खप्तड छान्ना, छविसपाथिभेरा, थलारा, सुर्मा र मस्टाको गणना सकिएको छ भने अब साइपाल र तलकोटको गणना हुन बाकी छ । अहिले तलकोटको वडा नम्बर १ को गणना हुँदै छ ।