राउन्ड टेबल नेपाल द्वारा तीन विद्यालयलाई पानी शुद्धीकरण मेसिन उपलब्ध

कञ्चनपुर । पिउने पानी परियोजनामा राउन्ड टेबल नेपालले कञ्चनपुरका तीन विद्यालयलाई पानी शुद्धीकरण मेशिन उपलब्ध गराएको छ । मेशिन प्राप्त गर्ने गर्नेमा पशुपति शिक्षा मन्दिर बेलौरी, पशुपति शिक्षा मन्दिर अम्मर बस्ती र पशुपति शिक्षा मन्दिर नौरगां रहेका छन् ।
संस्थाले आर्थिक रूपले पछाडि परेका क्षेत्र र समुदायका विद्यालयहरूलाई पानी शुद्धीकरण मेसिनका साथै छात्रवृत्ति समेत उपलब्ध गराएको हो । राउन्ड टेवलका धनगढी अत्तरियाका संस्थापक अध्यक्ष राहुल वशांलले आर्थिक रूपले विपन्न परिवारका बालबालिकाले अध्ययन गर्ने विद्यालयमा पनि शुद्ध खाने पानी पिउन पाउनु पर्छ भन्ने उद्देश्यका साथ शुद्धीकरण मेसिन उपलब्ध गराएको बताए ।
राउन्ड टेबल नेपालले यसका साथै आर्थिक रुपमा विपन्न २ सय २४ जनालाई विद्यार्थी छात्रवृत्ति समेत प्रदान गरेको छ । छात्रवृत्ति प्राप्त गर्नेमा पशुपति शिक्षा मन्दिर बेलौरीका १२१ जना रहेका छन् । १ जनाको वार्षिक शुल्क सात हजारका दरले १२१ जनाको शुल्क स्वरूप ८ लाख ४७ हजार रुपैयाँको चेक विद्यालयलाई बुझाएको छ ।
यस्तै पशुपति शिक्षा मन्दिर अम्मर बस्तीमा ६८ जना विद्यार्थीको ४ लाख ७६ हजार र लाल झाडीको पशुपति शिक्षा मन्दिर नौरगांमा ३५ जना बराबर २ लाख ४५ हजार रुपैयाँको चेक धनगढी–अत्तरिया राउण्ड टेबलका अध्यक्ष आदित्य अग्रवाल, संस्थापक अध्यक्ष राहुल वंशज, उपाध्यक्ष गौरव अग्रवाल, कोषाध्यक्ष आयुष अग्रवाल र सचिव राज वंशजले एक कार्यक्रमका बिच हस्तान्तरण गरेका छन् ।
तपाईको प्रतिक्रिया