Close This

कैलालीका विभिन्न स्थानमा आगलागी, साढे छ लाख बढीको नोक्सानी

सोमबार बैशाख १७, २०८१/ Monday 04-29-24
Paschim Today

धनगढीः कैलालीका विभिन्न स्थानमा आगलागी भएको छ। गोदावरी नगरपालिका(१२ बस्ने लक्ष्मण वि।क। र श्याम वि।क। को दुईवटा गाई गोठमा आईतवार दिउँसो आगलागी भएको छ।

आगलागी हुँदा गाई गोठ पुर्ण रुपमा जली अन्दाजी ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यसैगरी लम्कीचुहा नगरपालिका(५ तिलकपुर बस्ने जगती ढोली नेपालीको भान्सा घरमा आईतवार साँझ आगलागी भएको छ। आगलागी हुँदा भान्सा कोठामा रहेका खाद्यन्न, भाँडा, लत्ता कपडा लगायतका सामानहरु गरि अन्दाजी ९० हजार बराबरको धनमाल जलेर नष्ट भएको हो प्रहरीले जनाएको छ।

सोही आगलागीबाट संगै रहेको लक्ष्य ढोली नेपालीको गोठमा समेत आगलागी हुँदा गोठ भित्र रहेका पराल,फल्याक, चौखट लगायतका सामान गरि अन्दाजी ७० हजार बराबरको धनमाल जलेर नष्ट भएको हो। उक्त आगलागी प्रहरी,स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। विभिन्न स्थानमा आगलागी हुँदा एकै दिन ६ लाख ६० हजारको धनमाल जलेर नोक्सानी भएको छ।