Close This

सुदूरपश्चिमका दुई जनालाई अमेरिकामा पिएचडी उपाधी

मंगलबार जेठ १, २०८१/ Tuesday 05-14-24
Paschim Today

टेक्सस, (अमेरिका), १ जेठ ।
अमेरिकाको टेक्ससको युनिभर्सिटी अफ नर्थ टेक्ससद्धारा सुदूर पश्चिमका दुईजना पिएचडी उपाधीबाट सम्मानित भएका छन् ।

युनिभर्सिटी अफ नर्थ टेक्ससद्वारा आईतबार आयोजना गरिएको दिक्षान्त समारोहमा डोटीको शिखर नगरपालिकाका भोजबहादुर बलायर र आदर्श गाउँ पालिकाका पृथ्बीदेब अवस्थीलाई पिएचडी उपाधीद्धारा सम्मानित गरिएको हो ।

बलायरले शिक्षा मनोबिज्ञान अन्तर्गत Exploring The Moderating effect of Mindfulness And Social media engagement on the Relationship between Socio emotional Competencies and Happiness   विषयमा र अवस्थीले Material Science and Engineering PhD in Additive manufacturing of refractory metals and alloys for high temperature applications via Laser powder bed fusion AM. विषयमा बिद्या बारिधी तहको अध्ययन अनुसन्धान सम्पन्न गरेका थिए । ।

शिक्षा मनोबिज्ञानमा बिद्या बारिधी सम्पन्न गरेका भोजबहादुर बलायरले बिगतमा नेपाल सरकारका शिक्षा उप सचिब भई सेवा गरेका थिए ।

सन २००९ देखि अमेरिका बस्दै आएका बलायरले यहाँ नेपाली भाषा,सँस्कृतिलाई पुस्तान्तरण गर्ने अभियानमा उल्लेखनीय योगदान पुर्याउदै आएका छन् । बलायर हाल नेपाली समाज टेक्ससद्वारा सन्चालित ग्लोबल नेपाली पाठशालाका प्रिन्सिपल समेत हुन ।

यसै गरी  Material Science and Engineering अन्तरगत  Material Science and Engineering PhD in Additive manufacturing of refractory metals and alloys for high temperature applications via Laser powder bed fusion AM. विषयमा बिद्या बारिधी गरेका पृथ्बीदेब अवस्थी उच्च शिक्षाको लागि अमेरिका आएका हुन ।