Close This

थर सूचीकरण र वार्षिक प्रतिवेदन प्रदेश प्रमुख मियाँसमक्ष पेश

मंगलबार जेठ १, २०८१/ Tuesday 05-14-24
Paschim Today

कैलाली । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नाजिर मियाँसमक्ष मधेसी आयोगले आफ्नो वार्षिक प्रतिवेदन र थर सूचीकरण पेश गरेको छ ।

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेस ढुङ्गाना, प्रमुख स्वकीय सचिव साबिर अली लगायतको उपस्थितिमा  आयोग सदस्य आभा कुमारी सिंहले प्रदेश प्रमुख मियाँलाई दुई प्रतिवेदन हस्तान्तरण गरेकी थिइन् । प्रतिवेदन हस्तान्तरण गर्दै उनले सुझावको पनि अपेक्षा गरेको बताइन् । उनले प्रतिवेदन उल्लेख गरिएका विषयहरूको कार्यान्वयनको पक्षमा पनि पहल गर्न प्रदेश प्रमुख मियाँलाई आग्रह गरेकी थिइन् ।

प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख मियाँले कानुन निर्माणमा चासो दिन आयोग सदस्य सिंहलाई आग्रह गरेका थिए । आवश्यक कानुन निर्माण नहुँदा काम, कर्तव्य र अधिकारमा केही समस्या देखिएको भन्दै कानुन निर्माण गरेर त्यसलाई हल गर्न सकिने प्रदेश प्रमुख मियाँले बताए । उनले संविधानलाई बलियो बनाउन सबैले आफ्नो दाइत्व पुरा गर्नुपर्नेमा जोड दिएका थिए ।