Close This

बझाङमा एमालेले ह्वात्तै बढायो मतान्तर, अब साइपालको मात्र गन्न बाँकी

सोमबार बैशाख १७, २०८१/ Monday 04-29-24
Paschim Today

कैलाली । बझाङमा एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । तलकोटको सबै वडा गणना हुँदासम्म एमालेले ह्वात्तै अग्रता बढाएको छ । यसअघि ९ मतको फरकलाई बढाउँदै एमालेले ३४१ मतले लिड गरेको हो ।

अहिले एमाले उम्मेदवार दमन भण्डारीले ११ हजार १०२ प्राप्त गर्दा कांग्रेसका अभिषेक सिंहले १० हजार ७६१ मत प्राप्त गरेको छ । अब साईपाल गाउँपालिका बाँकी छ ।