Close This

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि

मंगलबार जेठ १, २०८१/ Tuesday 05-14-24
Paschim Today

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज सुरु हुँदैछ ।

ललितपुरको बालकुमारीमा बस्ने बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण, देशभर पार्टी सङ्गठनको अवस्था, जनवर्गीय सङ्गठनका कार्य प्रगति, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफल गरिने बताइएको छ ।

भोलिसम्म चल्ने बैठकमा महाधिवेशन प्रतिनिधि छनोटका लागि मापदण्ड तय गर्नुका साथै सङ्गठन बिस्तार तथा पार्टीलाई आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गरिने एकीकृत समाजवादीले जनाएको छ ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव घनश्याम भुसालले साङ्गठनिक प्रतिवेदन पेस गर्ने गर्ने छन् ।

विधानमा पार्टीको नेतृत्वमा ७० वर्ष उमेरको हदबन्दी हटाउन, युवा सहभागिता वृद्धि गर्न, केन्द्रीय कमिटीको आकार सानो बनाउने विषयलाई अनुमोदन गरिने जनाइएको छ ।

एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ ।